बिमा कम्पनीकै बदमासीले ‘फेक रेस्क्यु’ फस्टायो

तस्बिरः नेपाल न्यूज

मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय ‘फेक रेस्क्यु’ धन्दा असाध्य मौलाएको छ। यसको कारण खोजबिन गर्ने क्रममा प्रहरीले बिमा कम्पनीकै बदमासीले यो धन्दा फस्टाएको प्रहरीले जानकारी दिएको छ। सरकारको रिपोर्टबिनै कम्पनीले बिमा रकम भुक्तानी दिने गरेकाले ‘रेस्क्यु’मा गलत धन्दा मौलाएको हो।

सबैखाले जीवन बिमा तथा गैरजीवन बिमामा सरकारी रिपोर्ट अनिवार्य गरिए पनि पर्वतारोहण बिमामा यो रिपोर्टबिनै घटना प्रमाणित गरी रकम स्वीकृति गर्ने गरिएको प्रहरीको आरोप छ। अधिकांश ‘रेस्क्यु’ भनिएका घटनामा दुर्घटना वा विपद्मा परेको हो वा होइन भन्ने स्पष्ट हुँदैन। तत्काल हेलिकोप्टर उडाउने, अस्पताल पुर्‍याउने र जबर्जस्ती बिल बनाएर कम्पनीसँग भुक्तानी दाबी गर्दै रकम असुल्ने गरिन्छ। राज्यसँग समन्वय नगरी नराखी ‘रेस्क्यु’का नाममा ठगी गर्दासमेत बिमा कम्पनीले बेवास्ता गर्ने गरेको पर्यटक प्रहरी प्रमुख अमृत बस्नेतले बताए।

प्रकाशित मिति: : 2019-09-25 18:55:11

प्रतिकृया दिनुहोस्