डोल्पाका गुम्बामा चोरी भयावह

माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बा। तस्बिर : उमा बिष्ट

बहुमूल्य सामग्री स्थानीयको घरमा

डोल्पा : माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बाको बहुमूल्य सामग्री स्थानीयले घरमा लगेर राख्छन्। १४ औं शताब्दीमा स्थापना गरिएको गुम्बाका सामान चोरी हुने डरले स्थानीयले सहमतिमै घरमा राख्ने गरेका हुन्। विशेष पूजा वा अन्य समारोहमा भने ती सामग्री गुम्बामै लगिन्छ। कार्यक्रम सकिएपछि फेरि घरमै फर्काइन्छ।

सोही गाउँपालिकाको सेरिङ गुम्बाको बहुमूल्य बुद्धमूर्ति र अन्य धातु पनि गाउँलेले घरमा राखेका छन्। गुम्बा सुरक्षाका लागि प्रहरी प्रशासनलाई बारम्बार ताकेता गर्दा चासो नदिएपछि ती सामग्री घरमा राख्नुपरेको स्थानीयको गुनासो छ।

प्रकाशित मिति: : 2019-09-25 06:54:38

प्रतिकृया दिनुहोस्