दसैंमा देशभर ‘रुट पर्मिट’ खुला : ठूला मालवाहकलाई नारायणगढमा रोक

तस्बिरः राजधानी

काठमाडौं । सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ । दशैंको पहिलो दिन घटस्थापना अर्थात १२ असोजदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको रुट निलम्बन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै दसैंको लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउने उद्देश्यले १२ असोज देखि १९ गतेसम्म रुट परमिट खुल्ला गरेको जनाएको छ ।

विभागले यात्रुको चाप धेरै हुने समयमा आवागमन सहज होस भनेर बाटो इजाजत पत्र (रुट पर्मिट) खुल्ला गरिएको जनाएको छ । अब शहरमा गुड्ने सवारी पनि सजिलै अर्को ठाउँमा आवत जावत गर्न पाउने भएका छन् । विभागले रुट पर्मिटको दुरुपयोग नहोस् भन्ने उद्देश्यले ७ दिन मात्र खुला गरे पनि आवश्यक परेमा अवधि बढाउन सकिने पनि जनाएको छ । सरकारले ट्राफिक व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै रुट परमिट खुला गरिएको अवधीमा काठमाडौं भित्रने ठूला मालबाहक सवारी साधनलाई चितवनको नारायणगढदेखि आवागमनमा रोक लगाइने निर्णय समेत गरेको छ । विभागको सूचनामा आवागमनमा रोक लगाइएको उल्लेख छ ।

प्रकाशित मिति: : 2019-09-25 06:46:16

प्रतिकृया दिनुहोस्