बालबालिकालाई काम सिकाउँदा व्यक्तित्व विकास

तस्बिरः गोरखापत्र

काठमाडौँ, असोज ८ गते । तपाईं आफ्ना बालबालिकालाई परनिर्भर त बनाइराख्नुभएको छैन ? छ भने उनीहरूलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्दा राम्रो हुन्छ ।
बालबालिकालाई हरेक काममा सहयोग गर्नुभन्दा उनीहरूलाई नै काम गर्न प्रेरित गर्नुपर्छ । बालविशेषज्ञ डा. प्रज्ञा प्रधान भन्नुहुन्छ, “कुनै पनि काम गर्दा गल्ती भयो भने अरूको तुलना गर्नु हुँदैन, बरु उनीहरूलाई विस्तारै काम गर्न प्रेरित गर्नुपर्छ ।”

“हामीलाई लाग्छ, हाम्रा छोराछोरीले केही गर्न जान्दैनन्, त्यही कारण आफैँ गरिदिन्छौँ तर हामीले यसरी उनीहरूको काम गरिदिँदा वा सबै कुरामा सहयोग गर्दा उनीहरू परनिर्भर हुन्छन्,” पाटन विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्य बताउनुहुन्छ । परनिर्भरताले बालबालिकाको व्यक्तित्व विकास हुन नसक्ने उहाँको धारणा छ । उहाँ बालमनोविज्ञान विश्लेषण गर्दै भन्नुुहुन्छ, “बालबालिकाको काम उनीहरूलाई नै गर्न दिनु राम्रो हो । यद्यपि तपाईंले आदेश दिए जसरी काम अह्राउनेभन्दा पनि प्रेरित गर्ने हो । बच्चाहरूलाई विद्यालयबाट फर्केपछि जुत्ता÷मो

प्रकाशित मिति: : 2019-09-25 06:44:38

प्रतिकृया दिनुहोस्