बुबाको लोकप्रियता र साम्राज्ञीको क्रेजका चेपमा अंकित

तस्बिरः नेपाल न्यूज

एक जमानाको ‘हिट’ गीत हो, ‘रातो टीका निधारमा टलक्कै टल्कियो...।’ गीतसँगै त्यो बेला फिल्म ‘अल्लारे’ पनि उत्तिकै हिट भयो। २२ वर्षपछि अल्लारेका उनै निर्देशक अशोक शर्मा त्यही फिल्मको शीर्ष गीतमा फिल्म बनाएका छन् ‘रातो टीका निधारमा।’

यही दशैंमा प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा उनले आफ्नै छोरा अंकित शर्मालाई नायकका रुपमा ‘इन्ट्री’ गराएका छन्। ‘रातो टीका निधारमा’ अल्लारेजस्तै सफल र दर्शकको मन जित्नेमा ढुक्क छन्, निर्देशक शर्मा। अंकितसँग अनस्क्रिन रोमान्समा देखिएकी छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह।

प्रकाशित मिति: : 2019-09-24 23:49:56

प्रतिकृया दिनुहोस्