बैंकका पूर्वप्रशासकमाथि कारबाही बैंकर्स संघको मुख्य एजेन्डा

तस्बिरः नेपाल समाचारपत्र

काठमाडौं। बैंक अफ काठमाडौंका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको पक्राउबारे नेपाल बैंकर्स एसोसियसनको आज बस्ने बैठकको मुख्य एजेन्डा बनाउने भएको छ। ‘यस विषयमा गहनरूपमा छलफल गर्न मंगलबारका लागि बैठक बोलाइएको छ, त्यसपछि हाम्रो आधिकारिक धारणा सार्वजनिक हुनेछ।’ –बैंकर अनिल केशरी शाहले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

मुद्रा अपचलन गरेको आरोपमा बैंक अफ काठमाडौंका पूर्वकार्यकारी अधिकृत (सीईओ) श्रेष्ठ पक्राउ परेसँगै बैंकिङ क्षेत्र आतङ्कित भएको छ।

प्रकाशित मिति: : 2019-09-24 07:02:45

प्रतिकृया दिनुहोस्