आयोगमा दर्ताका लागि पुगे २२ दल

निर्वाचन आयोग

काठमाडौं। उपनिर्वाचनको प्रयोजनका लागि २२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो निवेदन दिएका हुन्। प्रतिनिधिसभा एक, प्रदेशसभा तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र ३६ जिल्लाका ४१ वडाध्यक्षका लागि हुने निर्वाचनमा सहभागी हुने प्रयोजनले दल दर्ता हुनलागेको हो।

भदौ १६ गतेदेखि मसान्तसम्ममा २२ वटा दलले दर्ताका लागि निवदेन दिएका थिए। २०७४ को संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका दलहरूले तीनवटै तहको उपनिर्वाचनमा भाग लिन भने दल दर्ता गराउन पर्दैन।

प्रकाशित मिति: : 2019-09-23 07:04:45

प्रतिकृया दिनुहोस्