नेपाली कांग्रेसको विरोधका बाबजुद प्रदेश १ को प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ ।नेपाली कांग्रेसको विरोधका बाबजुद सामाजिक विकास समितिको प्रतिवेदनसहित उक्त विधेयक आइतबार प्रदेशसभामा पेश भएको थियो ।
सोमबार नेपाली कांग्रेसका सांसदहरुले प्रदेशसभामा नाराबाजी गरे पनि सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समय दिए ।मन्त्री घिमिरेले पेश गरेको विधेयक प्रदेशसभाको बहुमतले पारित गरेको हो । प्रदेशसभामा नेकपाको बहुमत रहेको छ ।
कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नस नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा असहमति जनाएको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया