कास्की–२ मा को बन्ला नेकपाको उम्मेदवार ? विद्या भन्छिन्– अझै एक हप्ता कुरौँ

तस्बिरः बाह्रखरी

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले कास्की–२ बाट निर्वाचन नलड्ने प्रष्टीकरण पुनः दिएका छन् । उम्मेदवार नबन्ने विषयमा यो उनको दोश्रो प्रष्टीकरण हो ।

गएको फागुनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभामा उपस्थित गौतम उपनिर्वाचनमा लड्ने गाईंगुईं उतिबेलै चलेको थियो । काठमाडांै फर्केपछि गौतमले त्यसको कडा प्रतिवाद गर्दै कास्कीबाट उम्मेदवारी नदिने र उपनिर्वाचनमा नलड्ने कुरा बताएका थिए । त्यतिबेला सरकारले उपनिर्वाचनको मिति तय भने गरेको थिएन । गत साउनमा मंसिर १४ गते उपनिर्वाचन गर्ने सरकारको घोषणासँगै गौतम पुनः चर्चामा आए । यतिसम्म कि गौतमलाई नेकपाका दुवै अध्यक्षले नै समर्थन गरेको चर्चासमेत भयो । तर, शनिबार पुनः गौतमले कास्कीबाट उपनिर्वाचन नलड्ने घोषणा गरे ।

प्रकाशित मिति: : 2019-09-22 14:27:24

प्रतिकृया दिनुहोस्