भारतमा आयकर छुट, नेपालमा कर घटाउनुपर्ने दबाब

तस्बिरः नेपाललाइभ

काठमाडौं- वर्षको पहिलो त्रैमासिक अवधिमा आर्थिक गतिविधि संकुचित भएपछि दबाबमा रहेको नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले लगानी बढाउन करका दरमा उच्च कटौतीको घोषणा गरेको छ। शुक्रबार केन्द्रीय वित्तमन्त्री निर्मला सिथारमणले १० प्रतिशत विन्दूसम्मले आयकरको दरमा कटौतीको घोषणा गरेकी छन्।

सन् २०१९ को पहिलो तीन महिनाको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा सीमित भएपछि दबाबमा रहेको भारत सरकारले आफ्ना नागरिकको लगानी भारतभित्रै सीमित गर्ने तथा बाह्य लगानीकर्ता पनि आकर्षित गर्नेगरी करको दरमा कटौती गरेको हो। लगानी बढाएर उत्पादन वृद्धि गरी बलियो आर्थिक वृद्धि हासिल गर्ने बाटोमा भारत सरकार अघि बढेको छ।

प्रकाशित मिति: : 2019-09-22 14:15:40

प्रतिकृया दिनुहोस्