चीनले दिँदै छ नेपाललाई ‘विकास’ प्रशिक्षण, भ्रष्टाचारबारे अस्पष्टता

तस्बिरः एजेन्सी

काठमाडौँ- नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सबभन्दा अगाडि रहेको उत्तरी छिमेकी चीनले अब नेपालसँगको विकास साझेदारीको यात्रामा नेपाल कम्युनिष्ट पार्टीलाई ‘चिनियाँ विकास मोडल’ बारे प्रशिक्षण दिने भएको छ।

सोमबार बेलुका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन हुने उक्त प्रशिक्षण्ण कार्यक्रममा सत्ताधारी पार्टीको स्कुल विभाग तथा चिनियाँ कम्युनिष्ट पार्टीको स्कुल र विदेश विभाग संयुक्त आयोजक छन्।

प्रकाशित मिति: : 2019-09-22 14:07:33

प्रतिकृया दिनुहोस्