चिनियाँ पार्टीका विदेश विभाग प्रमुख काठमाडौं आइपुगे, नेकपाका नेताहरुलाई अनुशासन सिकाउने

बिएल

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ सोमबार काठमाडौं आइपुगेका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा ताओ काठमाडौं आएका हुन् ।

ताओलाई नेकपाको विदेश विभाग उपप्रमुख विष्णु रिजालले सङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। ताओको टोली तीन दिन नेपाल बस्नेछन्। नेपाल बसाइका क्रममा राष्ट्रपति, प्रधानमन्त्री र नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत नेता भेट्ने कार्यक्रम छ।

ताओको टोलीले सोमबारदेखि नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारात्मक अन्तरक्रिया भाग लिनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा हुन लागेको यो अन्तरकृया नेकपाको स्कुल विभाग र विदेश विभाग सहआयोजक छ।

दुईदिने अन्तरकृयामा चिनिया नेताहरूले पार्टीमा अनुशासनको व्यापक कार्यान्वयन, मध्यम आयको चिनियाँ समाज, बेल्ट एण्ड रोड लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन्। चिनियाँ कम्युनिष्ट पार्टी का २० र नेकपाका केन्द्रीय स्तरका २०० बढी नेताहरूको सहभागीता रहनेछ।

प्रकाशित मिति: : 2019-09-23 14:17:35

प्रतिकृया दिनुहोस्