‘चीन व्यापारी हो, सित्तैमा केही दिनेवाला छैन’

तस्बिरः अनलाइनखबर

बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मार्फत नेपालमा सी जिनपिङले धमाधम अनुदान दिन्छन् र नेपालको विकास हुन्छ भन्ने धेरै मान्छेहरुको बुझाइ छ । चिनियाँहरू हामी त्यसरी अनुदान दिनेवाला छैनौं, ऋणको रुपमा दिन्छौं, तिमीहरूले तिर्नुपर्छ भन्छन् । दुबै पक्षलाई नाफा हुनुपर्छ भन्ने उनीहरूको भनाइ छ ।

हामीले चीनको सीमिततालाई बुझ्न जरुरी छ । चीनले सित्तैमा एक पैसा पनि दिनेवाला छैन । म मन्त्री भएर चीन जाँदाको एउटा अनुभव सुनाउँछु । चलन चल्तीअनुसार जानुभन्दा अगाडि पूर्वप्रधानमन्त्री, पूर्वअर्थमन्त्री र विशेषज्ञहरूसँग सल्लाह लिएँ । सल्लाहअनुसार नेपाललाई यो–यो चाहियो भनेर एक सय–दुई सय लामो सूची बोकेर गएँ ।

प्रकाशित मिति: : 2019-09-22 08:55:45

प्रतिकृया दिनुहोस्