पृथ्वीनारायण शाहले स्वाद लिन नपाएको आलु

तस्बिरः सेतोपाटी

हिजोअस्तिको काठमाडौं

नेवार खानाको पारखी बताउने एक मित्रले आलु-अचार, आलु-तामा लगायत परिकारको खुब स्वादसँग बयान गरे। उनी शाकाहारी भएकाले राँगाका परिकारको कुरा उठेन। जबकि, मेरो लागि राँगाका खानेकुराविना नेवार परिकार अपूर्ण हुन्छ। शाकाहारी खानाको लामो स्वादिलो बयान सुनेपछि मैले सोधेँ, 'आलुका यी परिकार नेवारी नै हुन् त?'  उनले निर्धक्क जवाफ दिए, 'पक्का हो।'

हाम्रो यो कुराकानी येँया पुन्ही, अर्थात् इन्द्रजात्राको सेरोफेरोमा भएको थियो। त्यही भएर मैले इतिहासबारे धेरै सुनेको र थोरै पढेको कुराबाट सन्दर्भ कोट्याएँ, 'पृथ्वीनारायण शाहले काठमाडौं कब्जामा लिएपछि नेवार सभ्यतामा गोर्खाली राज हाबी भयो। त्यसपछि नेवार सभ्यता एउटा जातमा गएर खुम्चियो। त्योभन्दा पहिले काठमाडौं उपत्यकामा बस्ने प्राय: सबै नेवार सभ्यताका अंग थिए। गोर्खाली राज सुरू भएपछि नेवार जातिमा रूपान्तरण भए। त्यसै बेलादेखि नेवार सभ्यताको विकासक्रम रोकियो। अहिले जे बाँकी छ, त्यो संकुचित हुँदै गएको नेवार सभ्यताको अवशेष मात्र हो।'

प्रकाशित मिति: : 2019-09-22 07:26:54

प्रतिकृया दिनुहोस्