सोमबार, १५ डिसेम्बर २०२५

टेनिस कोर्टमा बैठक बसेर ल्याइएको संविधा

News Image
तस्बिरः शिलापत्र
• • •

बेलायतको म्याग्नाकार्टा (१२१५) लाई संसारमा संविधान निर्माणको जग मानिन्छ । संसारमा लामो समय शासकहरुले नै संविधान निर्माण गर्ने र जनतामा लागू गराउने प्रचलन रहँदै आयो । २०४६ सालको जनआन्दोलन सम्पन्न भएपछि तत्कालीन राजा वीरेन्द्रले विश्वनाथ उपाध्यायको नेतृत्वमा गठन गरेको संविधान सुझाव आयोगले ८ महिना लगाएर संविधान बनायो र २०४७ साल कार्तिक २३ गते जारी गरियो ।

२००७ सालदेखि संविधानसभामार्फत जनताले आफ्नै प्रतिनिधिमार्फत निर्माण भएको संविधानमार्फत शासित हुने नेपाली जनताको चाहाना यो पटक पनि पूरा हुन सकेन । २०६२/६३ को जनआन्दोलनको बलमा बनेको संविधानसभामार्फत २०७२ साल असोज ३ गते नेपालमा संविधान जारी भयो ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!