‘सुन न छोरा, चार वर्ष कसरी बिताएँ सुनाउँछु’

तस्बिरः उज्यालो

काठमाण्डौ – ‘ए कुमार, उठ् त ! बाबु हेर् त तँलाई भेट्न को आएको छ,’ बेडमा सुतिरहेका आफ्नो जेठा छोरालाई भेटन जानेका अगाडि अतिमा आफ्नो छोरालाई यसै भनेर बोलाउनु हुन्छ । पर्वतको मोदी गाउँपालिका ४ जलजलाकी अतिमाले छोरालाई बोलाएपछि हामीतिर हेर्दै भन्नुभयो, ‘बोल्दैन के गर्नु, आँखा माथिमाथि तानेजस्तो गर्छ, घुर घुर गरेर सास तान्छ त्यति हो ।’

हाम्रो अगाडि पनि पटक पटक बोलाउनुभयो अतिमाले कुमारलाई । सुमसुम्याउनुभयो । टाउकोमा हात राख्नुभयो । खुट्टा चलाइदिनुभयो । तर कुमारको शरीर मुढो भइसकेको छ । न शरीरले आमाले सुमसुम्याएको थाहा पाउँछ न त कानले आमाको बोली ठम्याउँछ । ‘के रोग लाग्यो बाबै मेरो छोरालाई, सास छ, तर पनि बोल्दैन, कति बोलाउँछु, चलाउँछु अहँ, उसले मलाई नै चिन्दैन,’ ललितपुरको सानेपास्थित अलोकी केयर होममा उपचाररत छोरालाई एकोहोरो सुमसुम्याउनुहुन्छ, अतिमा । 

 

प्रकाशित मिति: : 2019-09-20 09:55:50

प्रतिकृया दिनुहोस्