तीन महिना छँदा बल्ल प्रवद्र्धन अभियान

पाेखरा। तस्बिरः नागरिक

पोखरा – १५ लाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ घोषणा ग-यो। तर, सन् २०१९ सकिन झण्डै साढे तीन महिना मात्र बाँकी छँदा प्रदेश सरकारले बल्ल प्रवद्र्धनात्मक कार्यक्रमको तयारी थालेको छ।

पर्यटन व्यवसायीले भने प्रदेश सरकारको प्रवद्र्धनात्मक कार्यक्रमले तत्काल सकारात्मक प्रभाव नपार्ने बताएका छन्। प्रदेश सरकारले आफैंले घोषणा गरेको कार्यक्रम आफैंले तोकेको समयमा कार्यान्वयन गर्न नसकेको व्यवसायीको भनाइ छ। तोकेको समयका कार्यक्रम गर्न नसक्दा प्रदेश सरकार आफ्नै कार्यक्रममा असफल भएको उनीहरुले बताए। प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष सफल बनाउने भन्दै असोज ९ देखि १६ गतेसम्म देशका विभिन्न भागमा प्रवद्र्धनात्मक अभियान लिएर जान थालेको बिहीबार आयोजित पत्रकार भेटघाटमार्फत प्रदेशको पर्यटन मन्त्रालयले योजना सार्वजनिक गरेको छ। प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले केही ढिलाइ भए पनि पर्यटनमा सकारात्मक माहोल सिर्जना गर्नका लागि प्रवद्र्धनात्मक गतिविधि गर्न थालेको बताए।

प्रकाशित मिति: : 2019-09-20 07:12:44

प्रतिकृया दिनुहोस्