सातामै ३०९ प्रतिशतसम्म बढ्यो तरकारीको भाउ

तस्बिरः नयाँ पत्रिका

२६ भदौमा प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको हरियो प्याजको मूल्य एक सातामै ३०९ प्रतिशतले महँगिएर बिहीबार २२५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिकिलो २४५ रुपैयाँमा कारोबार भएको हरियो धनियाँको मूल्य ११० प्रतिशतले बढेर ५१५ रुपैयाँमा बिक्री भएको छ ।

 केही दिनसम्म लगातार परेको झरीका कारण हरियो तरकारीको भाउ आकासिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अहिले तराईका उत्पादन नआएको, अफ सिजन तरकारीले बजार धानेको र सोह्रश्राद्धका कारण माग बढेकाले पनि हरियो तरकारीको मूल्य ह्वात्तै उकालो लागेको व्यवसायीहरू बताउँछन् । ‘यतिवेला तराईको उत्पादन आएको छैन । भारतीय र उपत्यकाआसपासका जिल्लाबाट आपूर्ति भइरहेको छ,’ तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अर्कातिर सोह्रश्राद्धमा भएको उच्च मागको असर मूल्यमा देखिएको हो ।’ 

प्रकाशित मिति: : 2019-09-20 07:04:06

प्रतिकृया दिनुहोस्