कर्णालीमा पनि नेकपाको पार्टी कार्यालय सार्वजनिक जग्गामा, भवनका अधिकांश सटर व्यापारिक प्रयोजनका लागि भाडामा

सुर्खेत: नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले सरकारी जग्गामा केन्द्रीय कार्यालय बनाएको खबर केही अघि सार्वजनिक भयो। सरकारी जग्गा खाली गराउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाउँदै आएको पनि छ।

नेकपाले केन्द्रमा मात्र हैन कर्णाली प्रदेशमा पनि आफ्नो कार्यालय सरकारी जग्गामा सञ्चालन गरिरहेको छ। प्रदेशको राजधानी वीरेन्द्रनगरमा  कार्यालय रहेको जग्गा सरकारी हो। 

सरकारी भए पनि नगर विकास समितिमार्फत निर्णय गराएर कार्यालय सञ्चालन प्रयोजनका लागि निःशुल्क लिएको जग्गामा नेकपाले भवन बनाएर व्यापारिक प्रयोजनमासमेत प्रयोग गर्दै आएको छ। 

प्रकाशित मिति: : 2019-09-19 13:24:27

प्रतिकृया दिनुहोस्