परिवारबाट बहिष्कृत महिला बनिन् उदाहरणीय कृषक

तस्बिरः शिलापत्र

भक्तपुर । एउटी हाेइन, दुईटी हाेइन, श्रीमानले चारवटी श्रीमती ल्याए । त्यसैले उनी सधैं हेलामा परिन् । घरमा बस्न दिएनन् । गरिखाउँ आफ्नो खेतबारी केही थिएन । ससुराको नाममा भएको २ रोपनी जमिन पनि श्रीमानका दाजुभाइबीच बन्डा भएको थिएन । त्यसैले उनले पाउने कुरै भएन । यसरी घरमा मुन्टो लुकाउने ठाउँसमेत नपाएपछि बारीमा त्रिपाल हालेर बसिन् धेरै वर्ष ।

इन्द्रावती गाउँपालिका–११ स्थित मझुवाकी नानीमैया सुवेदीको दुःख यतिमा मात्र सीमित छैन । घरमा बस्नै नपाएपछि सुत्केरी हुनसमेत माइतीको शरण लिनुपर्‍याे उनले । तर पनि घरबाट न श्रीमान् गए न त सासू-ससुरा र परिवारका अरु सदस्य । छोरो ७ वर्षको भएपछि घर फर्किइन् । अनि छोराको मुख हेर्दै ज्याला/मजदुरी गरेर गुजारा चलाउन थालिन् । यसरी फर्केर आउँदा घरका कसैले मतलब नै गरेनन् । यसै गरी बिते नानीमैयाका धेरै वर्ष ।

प्रकाशित मिति: : 2019-09-18 17:13:25

प्रतिकृया दिनुहोस्