‘श्रीमान र सासुससुरा मिलेर छोरीलाई जलाएर मारे’

कपिलवस्तु– कपिलवस्तुको बुद्धभुमी नगरपालिका ६ महुवाको बैरिहवाकी एक महिलाको सोमवार घरभित्रै जलेर मृत्यु भएको छ। माइती पक्षले जलाएर उनको हत्या गरिएको आरोप लगाएका छन्। 

२२ बर्षिया शीला नाउलाई उनकै श्रीमान जगदीश नाउ, ससुरा भिखी नाउ र सासु बासमतीले जलाएर मारेको मृतकका बुवा बिष्णु नाउले बताए। सोमवार राति ११ बजेतिर शीला आफ्नो कोठामा जलेर गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्। कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरका विष्णुले घाटी च्यापेर छोरीको हत्या गरेपछि तीनै जनाले मिलेर शरीरमा मट्टितेल छर्केर जलाएकोे आरोप लगाए। ‘छोरी र ज्वाइँबीच झगडा भइरहन्थ्यो, मलाई खबर पनि आउँथ्यो। तर त्यत्रो घटना हुँदा पनि मलाई कसैले जानकारी गराएन’, उनले भने। 

प्रकाशित मिति: : 2019-09-18 07:33:48

प्रतिकृया दिनुहोस्