मध्यराति जेलको गेटमै नेपालको टिकट पाएपछि...

कतारमा सहकर्मीको हत्यामा तीन वर्ष जेल सजाय सुनाइएका विनोद रानाभाटको अझै दुई महिना बाँकी थियो। उनले पीडितका परिवारलाई ८२ लाख रुपैयाँ दिनुथियो।

तर, कतारको समयअनुसार, आइतबार मध्यराति विनोदका लागि चमत्कार भयो। ‘जेलबाट छुट्न ६ जनाको नाम भने। त्यसमा मेरो नाम पनि पारे। विनोद मात्रै बुझे, त्यसपछिको केही बुझिएन। मै हुँला भनेर निस्किँए,’ विनोदले मध्यराति १ बजे कतार जेलको अवस्था सम्झिँदै भने, ‘जेलको गेटमै मेरो राहदानी र नेपालको टिकट हातमा राखिदिए। प्रहरीले नै गाडीमा चढाएर सिँधै एयरपोर्ट पुर्‍याइदिए।’

उनलाई यो सपना जस्तै लागिरहेको थियो। के भइरहेको छ भन्ने थाहा थिएन्। उनी पनि पत्याउन सकिराखेका थिएनन्।

प्रकाशित मिति: : 2019-09-17 16:01:30

प्रतिकृया दिनुहोस्