पर्यटकीय सिजनको मुखैमा डेंगी त्रास

तस्बिरः नागरिक

पोखरा – पर्यटनमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई मुख्य सिजन मानिन्छ। मौसम अनुकूल हुने हुँदा यो बेला नेपाल घुम्न आउने विदेशी पर्यटकको चाहना हुन्छ। तर, मुख्य सिजनको सुरुमै पोखरामा डेंगी संक्रमण डरलाग्दो रुपमा फैलिइरहेको छ।  पोखरामा अहिलेसम्म १४ सयभन्दा बढी सर्वसाधारण डेंगीबाट संक्रमित भइसकेका छन्। विदेशी नागरिक संक्रमित भएको घटना सार्वजनिक नभए पनि संक्रमणको जोखिम भने उत्तिकै रहेको चिकित्सकले बताएका छन्। एकजना विदेशी नागरिकलाई डेंगी लाग्यो भने समग्र पर्यटन क्षेत्रमा मार पर्ने व्यवसायीको चिन्ता छ।

सिजनको मुखमा फैलिएको डेंगीले विदेशी पाहुनालाई नेपाल आउनैबाट रोक्ने हो कि भन्ने चिन्ता उनीहरुमा छ। नेपाल आएका र आउने तयारीमा रहेका कतिपय विदेशीले पोखरामा फैलिएको डेंगीबारे चिन्ता जनाउन थालेको व्यावसायीको भनाइ छ। पोखरामा डेंगीको जोखिम कत्तिको र कुन अवस्थामा छ भनेर पाहुनाले होटलमा सोधखोज गर्न थालेका छन्।

प्रकाशित मिति: : 2019-09-17 07:37:23

प्रतिकृया दिनुहोस्