काठमाडौं ‘अमिबा’ जस्तै छ, समयक्रममा रूप फेरिरहन्छ। पन्ध्र लाख वर्षअघिसम्म यो अहिलेजस्तो उपत्यका थिएन। घना जंगल थियो। कुनै मानव पुर्खा शिकार खेल्दै यहाँ आएका भए हात्तीसँग जम्काभेट भयो होला। त्यो हात्ती अहिलेजस्तो भीमकाय थिएन रे। हामी वा हाम्रा पुर्खाभन्दा अलिकति मात्र ठूलो थियो रे।
हामीले चिडियाखानामा देखेको जलगैंडा पनि हाम्रा पुर्खाले यहीँ बागमती नदीमा छप्ल्याङछुप्लुङ पानी खेल्दै गरेको भेटे होलान्। बागमती किनार घाम ताप्दै गरेका डरलाग्दा गोही देखेर उनीहरू तर्से पनि होलान्। यो मेरो हवाई कल्पना होइन। काठमाडौं उपत्यकाका विभिन्न भागमा यी जीवजन्तुका जीवावशेष (फोसिल) पाइएका छन्, जसले यो घनाबस्ती जंगली जनावरको घर थियो भन्ने प्रमाणित गर्छ।
भूगर्भविद्हरूले पत्ता लगाएअनुसार १५ लाख वर्षअघिबाट काठमाडौंको रूप फेरिने क्रम सुरू भयो, जब युरेसियन र इन्डियन प्लेटको घर्षणले दक्षिणतिर महाभारत पर्वतशृंखला अग्लिन थाल्यो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया