‘ह्वे लिक्विड’ को व्यवस्थापन हुन नसक्दा वार्षिक २ अर्ब रुपैयाँ नालीमा

तस्बिरः अभियान

काठमाडौं । दूधबाट पनीर, चीज तथा छेना बनाउने क्रममा निस्कने तरल पदार्थ (ह्वे लिक्वीड) को व्यवस्थापन हुन नसक्दा प्रतिवर्ष करीब २ अर्ब रुपैयाँ नालीमा बगिरहेको छ । यसबाट बनाउन सकिने उच्च प्रोटिनयुक्त ‘ह्वे प्रोटिन’ बजारमा प्रतिकेजी १० हजार रुपैयाँसम्ममा विक्री हुन्छ । तर, हामीकहाँ त्यसको उत्पादन कसैले गर्दैन । शारीरिक सुगठन (बडी बिल्डिङ) को कसरत गर्नेहरूका लागि विशेष उपयोगी मानिने ‘ह्वे प्रोटिन’, भन्सार विभागका अनुसार गत आवमा मात्र ८५ लाख रुपैयाँको आयात भयो ।

नेपालमा उत्पादित दूधको ५० प्रतिशत कृषक आफैले उपभोग गर्ने, ३३ प्रतिशत निजी स्तरका मिठाइ पसल तथा होटलहरूमा जाने र बाँकी १७ प्रतिशत मात्रै औपचारिक क्षेत्रबाट किनबेच हुने गर्छ । दुग्ध विकास संस्थान (डीडीसी) को पछिल्लो तथ्यांक अनुसार वार्षिक करीब २२ लाख मेट्रिक टन अर्थात् २ अर्ब २० करोड लिटर दूध उत्पादन हुन्छ । त्यसको १७ प्रतिशत औपचारिक क्षेत्रमा आउँदा वार्षिक ३७ करोड ४० लाख लिटरको हाराहारीमा दूध सरकारी तथा निजी दुग्ध उत्पादक कम्पनीहरूमा पुग्छ । 

प्रकाशित मिति: : 2019-09-17 07:05:17

प्रतिकृया दिनुहोस्