प्रदेश १ को प्रदेशसभा बैठक आइतबार पनि अवरुद्ध

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक आइतबार पनि अवरुद्ध गरेको छ । मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।

आइतबारको प्रदेशसभा बैठकमा पनि प्रदेशसभाको सामाजिक विकास समितिबाट पारित भई आएको प्रतिबेदनसहित मनमोहन प्राविधि विश्वविद्यालसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची थियो ।

कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नर्स नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा असहमति जनाउदै आएको छ ।

यसअघि कांग्रेसले असोज १ गतेको बैठक पनि अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले छलफलका लागि भन्दै ५ दिन संसद स्थगित गरेका थिए । तर यसबीचमा पनि सहमति नभएपछि कांग्रेसले आइतबारको बैठक पनि अवरुद्ध भएको हो ।

प्रकाशित मिति: : 2019-09-22 14:15:03

प्रतिकृया दिनुहोस्