९ महिनपछि ब्युँतियो चाबहिलमा घाटको समस्याः विरोधीले शव ताने, मलामीले छेके

काठमाडौँ:  भाद्र २८ गते राति चा:वही: (चाबहिल) को ब:हिती निवासी लक्ष्मी डंगोलको मृत्यु भयो। भोलिपल्ट बिहान करिब ९ बजे चाबहिलका डंगोल समुदायको सी गुठीका गुठियारहरूले लक्ष्मीको पार्थिव शरीरलाई ओम अस्पताल पछाडि रहेको पिंग द्य: (गंगाहिटी) स्थित दिप(घाट) मा लगे।

गुठियारहरूले शवलाई बोकेर घाटभित्र लग्ने तयारी के गरेका थिए। केही व्यक्तिले आएर शवको दाहसंस्कार गर्न रोक्ने प्रयास गरे। घाट प्रवेश गर्ने ढोका नपुग्दै उनीहरूले शव जलाउन रोक्नेहरूको विरोध सामना गर्नुपर्‍यो। नेवार समुदायमा बाहिरका व्यक्तिले शवलाई छुन हुँदैन। तर त्यहाँ त्यसो भएन। उनीहरूले शवलाई छोइदिए। त्यसपछि शोकाकुल रहेको वातावरण एकाएक अशान्त बन्न पुग्यो। दुईपक्षबीच धक्काधक्की नै सुरु भयो।

प्रकाशित मिति: : 2019-09-15 19:51:39

प्रतिकृया दिनुहोस्