मलेसियाको लागि श्रमस्वीकृति दिन सुरु, महिला कामदारलाई विशेष सुरक्षा

काठमाडौं । मलेसियामा जाने कामदारलाई श्रमस्वीकृति दिन सुरु गरिएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार १५ महिनादेखि बन्द मलेसियाको रोजगारी खुला आइतबारबाट खुला गरिएको हो । 

अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् । श्रम रोजगार तथा सामाजिवक सुरक्षा मन्त्रालयका प्रवक्ता रामप्रसाद घिमिरेका अनुसार अब मलेसिया जाने कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ । मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा फिर्ता गरिनेछ । 

प्रकाशित मिति: : 2019-09-15 19:28:36

प्रतिकृया दिनुहोस्