८२ वर्षीया ‘जवान’ इन्दिरा : काम गरिनँ भने त म मरिहाल्छु नि

तस्बिरः रातोपाटी

काठमाडौँको डिल्लीबजार पिपलबोटबाट घट्टेकुलोतिर लाग्दा ४–५ घर अगाडि छ ‘आड नेपाल तयारी पोसाक’ । जहाँ आड ब्रान्डका नानी बाबुका कपडाहरू बिक्री वितरण हुन्छन् । घट्टेकुलोमै छ आड नेपालका लागि तयारी पोसाक निर्माण गर्ने संस्था ‘भोटु : इन्दिरा समाज कल्याण संस्था’ ।

संस्थाभित्र हामी छिर्दा ६ जना महिला सिलाइमा व्यस्त थिए । सँगै थिइन् ८२ वर्षीया उद्यमी इन्दिरा सापकोटा । जो ‘भोटु : इन्दिरा समाज कल्याण संस्था’ की संस्थापक हुन्, जहाँबाट हजारौँ नेपाली महिलाहरूले सीप सिक्ने अवसर पाएका छन् । ६ जना महिला ‘आड ब्रान्ड’को नाना तयार पार्दै छन् । सुतीका चोलो, भोटो, जामा, सुरुवाल, बच्चाका लागि ओड्ने ओछ्याउनेदेखि ब्ल्याङ्केट सबै बन्छन् भोटु : इन्दिरा समाज कल्याण संस्थामा ।

प्रकाशित मिति: : 2019-09-15 10:42:52

प्रतिकृया दिनुहोस्