गाउँपालिका अध्यक्षलाई घोडा : कसरी चलेको छ घोडा पाल्ने खर्च ?

घोडा चढेर गाउँ जाँदै पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती

रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिकाले अध्यक्ष ओमप्रकाश घर्तीको सवारीसाधनका लागि घोडा किनेको छ ।  अध्यक्ष घर्ती प्रायः सबै कार्यक्रममा घोडा नै चढेर पुग्छन् । १४ वडा रहेको गाउँपालिकाका नौवटा वडा सडक सञ्जालमा जोडिएका छैनन् । बाँकी पाँचवटा वडालाई कच्ची सडकले छोएको मात्रै छ । त्यसैले घोडा नै सवारीसाधनका रूपमा प्रयोग गर्नुपरेको अध्यक्ष घर्तीले बताए ।

‘१ देखि ९ सम्मका कुनै पनि वडालाई सडक सञ्जालले छुन सकेको छैन । बाँकी पाँचवटा वडामा पनि सडकको व्यवस्था राम्रो छैन । बर्खामा सबैजसो सडकमा यातायातका साधन चल्न सक्दैनन् । भौगोलिक विकटताका कारण मेरो क्षेत्रमा घोडा र खच्चड नै सवारी र ढुवानीको प्रमुख साधन हो । सबै वडालाई सडकले जोड्ने पहल भए पनि एक–दुई वर्षमै सम्भव छैन,’ अध्यक्ष घर्तीले भने, ‘त्यसैले गाउँपालिकाले पनि घोडा किनेको हो । जनताका हरेकजसो काममा घोडा चढेरै पुग्छु ।’  

प्रकाशित मिति: : 2019-09-15 06:54:57

प्रतिकृया दिनुहोस्