बिपीले रेखाङ्कन गरेको बाटो भुल्दैछ कांग्रेस

तस्बिरः नेपाल न्यूज

विभिन्न अवसरमा नेपाली कांग्रेसले बिपीलाई सम्झने गर्दछ। कार्यक्रम अवधिभर नेता र कार्यकर्ता बिपीको योगदानको चर्चा गरेर थाक्दैनन्। बिपीको महिमागान गाइरहन्छन्। बिपीका आदर्शलाई रटिरहन्छन्। तर, औपचारिक कोठे कार्यक्रमपछि ती सबै योगदान र महिमालाई व्यवहारोन्मुख बनाउन नसक्नु कांग्रेसका लागि अभिशाप बन्दै आएको छ। यी सबै यथार्थतालाई बुझ्दाबुझ्दै पनि कांग्रेसले बिपीका सिद्धान्तलाई कार्यान्वयन गर्न सकेको छैन।

बिपी सिद्धान्तलाई कार्यान्वयन गर्न नसक्नुको कारण राजनीतिक सङ्क्रमण, अस्थिरता भनेर टार्नुमा कांग्रेसको कमजोरी छिप्दैन। यस्तो प्रवृत्तिले कांग्रेसलाई झनै कमजोर बनाउनेछ। कांग्रेस धमिरा लागेका काठ मात्र बन्नेछ। यहाँ बिपी र कांग्रेस प्रवृत्तिलाई जोड्नुभन्दा पहिले विभिन्न बिपीलाई विभिन्न व्यक्तिले कसरी चिनेका छन्। साथै बि.पी.को मूल्याङ्कन कसरी गर्दछन् भन्ने सन्दर्भलाई यहाँ जोड्न आवश्यक छ।

 

प्रकाशित मिति: : 2019-09-14 11:37:10

प्रतिकृया दिनुहोस्