पुस्तक व्यापारीको गुनासो- युवाले पढ्न छाडे

तस्बिरः अनलाइनखबर

२८ भदौ, काठमाडौं । नेपालमा पुस्तक व्यापारको कारोबार वार्षिक चार अर्बको हाराहारीमा छ । सरकारी तथ्याङ्कहरुले पनि यसलाई पुष्टि गरेका छन् । यसको अर्थ हो, एउटा नेपालीले एक वर्षमा करिब १४० रुपैयाँ मात्र पुस्तक किन्नमा खर्च गर्छ । यी पुस्तकहरुमा विद्यालय र कलेजका पाठ्यक्रम, लोकसेवा आयोगका गाइड र व्यवसायिक पुस्तकहरु प्रमुख छन् । अनुसन्धानमूलक पुस्तक, साहित्यिक पुस्तक र शोधहरुमा भने एउटा नेपालीले २० रुपैयाँभन्दा कम खर्च गरेको देखिन्छ ।

आश्चर्यको कुरा के छ भने मुलुकमा पाठ्यपुस्तक र गाइडको बिक्री एक दशकयता झण्डै दुई गुणा बढेको देखिन्छ, तर अनुसन्धानमूलक र साहित्यिक पुस्तकको बिक्री भने एक दशकयता घटेको घट्यै छ । यो तथ्याङ्कले नेपालमा साक्षरताको सङ्ख्या बढे पनि अध्ययनशील व्यक्तिहरुको सङ्ख्या घटेको देखाउँछ । देश संघीयतामा गएपछि गाउँ-गाउँमा अध्ययनशील र शिक्षित व्यक्तिहरुले जनप्रतिनिधिलाई खबरदारी गर्नुपर्नेमा केवल सर्टिफिकेट बोकेका व्यक्तिहरु बढेको स्पष्ट हुन्छ । गम्भीर पुस्तक बिक्री नहुने, तर सामान्य साहित्यिक पुस्तकले बजार ओगटिरहनुले पनि यही कुरा पुष्टि गर्छ ।

प्रकाशित मिति: : 2019-09-14 11:35:42

प्रतिकृया दिनुहोस्