नेकपाले ३ महानगर अध्यक्ष र सचिवको टुंगो लगायो

फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो । जसअनुसार काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् ।

यस्तै,ललितपुरको अध्यक्षमा मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य तथा पोखराको अध्यक्षमा दिपक कोइराला सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् । भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र, सचिव ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

 

प्रकाशित मिति: : 2019-09-21 19:21:02

प्रतिकृया दिनुहोस्