सैनिक गठबन्धनमा सामेल नहुने नेपाल नीति

तस्बिरः बिएल

काठमाडौँ, भदौ २८ गते । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘इन्डो प्यासिफिक पोलिसी’बारे बिहीबार भन्नुभयो, “सरकारको पूर्ववत् धारणामा परिवर्तन आएको छैन । ” अमेरिकी सरकारको प्रतिवेदनअनुसार इन्डो प्यासिफिक रणनीति अमेरिकी सरकारको नीति हो, जसले खुला र स्वतन्त्र समाजको अवधारणामा जोड दिन्छ र त्यसको प्रवद्र्धनमा सहयोग पु¥याउँछ । रणनीतिक विश्लेषकहरूले भने हिन्द प्रशान्त रणनीतिको प्रकृति सैनिक गठबन्धनको रहेको र त्यसले चीनलाई ‘नियन्त्रण’ गर्ने उद्देश्य राख्छ भन्ने खालका टिप्पणी पनि गरेका छन् । यसमा एसिया प्रशान्त क्षेत्रमा समेत समान धारणा छैन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीको वार्तामा यो मुद्दा आएपछि यसमाथि अहिले बहस भइरहेको छ । त्यही सन्दर्भमा सरकारका प्रवक्ताले आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो । “इन्डो प्यासिफिक नीतिबारे हाम्रा पूर्ववत् मान्यतामा कुनै विचलन र परिवर्तन आएको छैन । स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी मित्रराष्ट्र र अन्य मित्रराष्ट्रसँग आपसी हितमा सचेत भएर नै सरकारले व्यवहार गर्दै आएको छ”, उहाँले स्पष्ट पार्नुभएको छ ।

प्रकाशित मिति: : 2019-09-14 07:45:03

प्रतिकृया दिनुहोस्