परिवर्तनकी साक्षी बनेकी कुमारी

काठमाडौं, भदौ २७ : गोरखाका राजा पृथ्वीनारायण शाहले इन्द्रजात्राकै दिनमा काठमाडौंमा आक्रमण गरेर जितेका थिए।

काठमाडौंका राजा जयप्रकाश मल्ल इन्द्रजात्रा मनाइरहँदा पृथ्वीनारायणले काठमाडौंमा आक्रमण गरे। त्यतिबेला राजा जयप्रकाश मल्ल कुमारीको रथमा बसेर जात्रा मनाइरहेका थिए। पृथ्वीनारायण शाहसँगको युद्धमा हारेपछि उनी टेकु दोभान हुँदै पाटनमा शरण लिन पुगे। 

काठमाडौंमा राज्य चलाएका सबैले कुमारीलाई इष्ट देवीको रुपमा मान्दै आएका छन्। मल्ल राजाहरूले कुमारीकै आर्शिवादले उपत्यकामा शासन चलाउँदै आएका थिए। कुमारीको आशिर्वादबिना राज्य चलाउन सकिँदैन भन्ने मान्यता रहिआएको थियो। आफ्ना इष्टदेवीका रुपमा पूजिँदै आएकी कुमारीबाट इन्द्रजात्रा पछि राजाले टीका थापेर आर्शिवाद लिन्थे।

प्रकाशित मिति: : 2019-09-13 19:00:07

प्रतिकृया दिनुहोस्