एनओसी निर्वाचन : उमेशलाल नेकपाको आधिकारिक उम्मेदवार

नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलि शनिबार हुने निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको ठाडो निर्देशनमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उमेशलाल श्रेष्ठको पक्षमा 'लबिङ' सुरु गरेका छन्। एनआ‍ेसी हाँक्न हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठ र स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठको उम्मेदवारी परेको छ। चार वर्षअघिको चुनावमा पनि अध्यक्षमा यिनै दुईबीच प्रतिस्पर्धा भएको थियो। त्यसबेला उमेशलाललाई पराजित गरेका जीवनराम एनओसीका वर्तमान अध्यक्ष हुन्। यही भदौ २० मा निर्वाचन तय भए पनि सर्वाेच्च अदालतमा परेको मुद्दाका कारण चुनाव शनिबारलाई सरेको थियो।

प्रकाशित मिति: : 2019-09-13 18:45:56

प्रतिकृया दिनुहोस्