भुइँचालोले जेलबाट निकाल्यो, फेरि दोब्बर सजायसहित जेल हुल्यो

तस्बिरः सेतोपाटी

मेलम्ची नगरपालिका-१३, फटकशीलाका तोयानाथ लामिछाने ०७२ वैशाख १२ गते बिहानको खाना खाएर सुस्ताउँदै थिए। 

खाट हल्लियो। खाट मात्र हैन, जमिन नै हल्लियो। सबै जना चिच्याउँदै कोठामा यताउता गर्न थाले। 

लामिछाने र उनका साथीहरूलाई भाग्ने छुट थिएन। किनभने त्यो जेल थियो।

हेर्दाहेर्दै भित्ता चर्किए। दलिन खस्न थाल्यो। सामानहरू एकैठाउँ सोलोडोलो भए। पूर्वी भित्ता भत्कियो। कतिखेर घरै खस्छ र थिचिएर मरिन्छ भन्ने सोच्दा-सोच्दै भुइँचालो थामियो।

प्रकाशित मिति: : 2019-09-13 17:25:36

प्रतिकृया दिनुहोस्