निजी मेडिकल कलेजको अवैध असुली : एमबिबिएसका विद्यार्थीमाथि कलेजको शोषण, प्रहरीको दमन

चितवन मेडिकल कलेज : विद्यार्थीबाट तोकिएभन्दा १२ लाख बढी असुली, छानविन गर्नुको सट्टा प्रहरीको धरपकड

चितवन मेडिकल कलेजले तोकिएभन्दा १२ लाख बढी शुल्क असुली गरेको विद्यार्थीको गुनासो छ । अवैध ढंगले लिएको शुल्क फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखी  विद्यार्थीले १० दिनदेखि आन्दोलन गरिरहेका छन् । तर, यस्तो गम्भीर प्रश्न उठ्दा पनि छानबिन गर्नुको साटो राज्यले विद्यार्थीमाथि नै दमन गरिरहेको छ । बुधबार मात्रै आन्दोलनरत विद्यार्थीमाथि हस्तक्षेप गरी प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । झडपका क्रममा केही विद्यार्थी घाइते भएका छन् । एप्रोन लगाएका विद्यार्थीले प्रहरीको हिरासत भरिएको छ । कलेजमा एमबिबिएस अध्ययनरत प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश पनि पक्राउ परेका छन् । राति अबेरसम्म उनीहरूलाई रिहा नगरिएको संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले बताए । ‘अवैध रूपमा उठाइएको शुल्क फिर्ता गर्नुपर्छ भनेर देशभर आन्दोलन छ, चितवन मेडिकल कलेजमा पनि अतिरिक्त शुल्क लिइएको छ । त्यस्तो शुल्क फिर्ता गर्नुपर्छ भन्दा सरकारले उल्टै हामीमाथि दमन गर्दै छ,’ उनले भने ।  

प्रकाशित मिति: : 2019-09-12 12:43:14

प्रतिकृया दिनुहोस्