अर्थमन्त्री खतिवडालाई मुख्यमन्त्रीको चुनौती- ३ अर्ब थपिदिनोस्, रुग्ण आयोजनाबाट मुक्त गरिदिन्छु

तस्बिरः अनलाइनखबर

२६ भदौ, काठमाडौं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो साता काठमाडौं आएका बेला सिंहदरबारमा अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरे । भेटका क्रममा मुख्यमन्त्री पोखरेलले मन्त्री खतिवडालाई भने- ‘सशर्त अनुदानमा तीन अर्ब थपिदिनोस्, म केन्द्र सरकारलाई पुराना, रुग्ण आयोजनाको भारबाट मुक्त गरिदिन्छु ।’

अहिले संघलाई सबैभन्दा ठूलो समस्या नै पुराना तथा रुग्ण अवस्थामा रहेका आयोजना हुन् । तर, मुख्यमन्त्री पोखरेलले प्रदेश ५ लाई सशर्त अनुदानतर्फ थप ३ अर्ब रुपैयाँ मात्रै थपिदिने हो भने एक वर्षभित्रै आफ्नो प्रदेशभित्र पुराना आयोजनाहरुबाट संघीय सरकारको दायित्व मुक्त गराउने मन्त्री खतिवडालाई चुनौती दिए ।

आफूले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटेरै यो कुरा बताएको मुख्यमन्त्री पोखरेलले सञ्चारकर्मीहरुलाई बताए । काठमाडौं आएका बेला सञ्चारकर्मीहरुसँग अनौपचारिक छलफलमा सहभागी भएका मुख्यमन्त्री पोखरेलले स्थानीय तह र प्रदेशमा राम्रा काम भइरहे पनि काठमाडौंकेन्दि्रत मानसिकता फेर्न गाह्रो भएको बताएका थिए ।

प्रकाशित मिति: : 2019-09-12 08:16:44

प्रतिकृया दिनुहोस्