दुई तिहाइलाई पनि टेरेनन् सहकारीले

तस्बिरः नेपाल न्यूज

सहकारीले ऋण लगानीमा लिने अधिकतम ब्याजदर १६ प्रतिशत तथा बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा कम रहने गरी सहकारी विभागले सन्दर्भ ब्याजदर तोके पनि कार्यान्वयन हुन सकेको छैन। सहकारी विभागले साउन १९a देखि लागू हुने गरी नयाँ ब्याजदर निर्धारण गरेको थियो।

सरकारले लागू गर भने पनि कार्यान्वयन हुन नसकेको जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागार्इंले बताए। ‘सरकार सन्दर्भ ब्याजदर लागू गरे भनेर मक्ख परेको छ,’ उनले भने, ‘तर, सहकारी संस्थाले भने उक्त ब्याजदर लागू गरेका छैनन्।’ सन्दर्भ ब्याजदर पुनरावलोकन नगरेसम्म लागू नहुने चौलागाईको भनाइ छ। सरकारले सन्दर्भ ब्याजदर प्रत्येक तीन/तीन महिनामा पुनरावलोकन गर्न सकिने व्यवस्था गरेको छ।

प्रकाशित मिति: : 2019-09-12 07:20:16

प्रतिकृया दिनुहोस्