काठमाडौं : कोटेश्वरमा चुनावी सभा चलिरहेको थियो। मदन भण्डारीले एकै सासमा भनिदिए- 'तीनकुने जग्गा मुआब्जा विवाद म चाँडै टुंगोमा पुर्याउन पहल गर्नेछु। जग्गाधनीहरू अन्यायमा परेकै हुन्।'
कोटेश्वरवासीलाई यो आवाज सुनेको हालसालै जस्तो लाग्छ।
२०४८ साल। देश संसदीय निर्वाचनमा होमिएको थियो। चुनावी रौनकबाट काठमाडौं–१ अछुतो थिएन। कुशल वक्ताका रुपमा परिचित एमाले महासचिव मदन भण्डारी र नेपाली कांग्रेसका तत्कालीन सभापति तथा अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई चुनावी भिडन्तमा रहेकाले काठमाडौं १ लाई विशेष रुपमा हेरिएको थियो।
त्यो बेला चुनावी प्रचारप्रसारका लागि मदन भण्डारी कोटश्वर पुगेर स्थानीयलाई तीनकुनेको मुआब्जा विवाद छिट्टै टुंगोमा पुर्याउने बाचा दिएको कोटेश्वरवासीले बिर्सेका छैनन्। कोटेश्वरको एउटा चुनावी सभामा भण्डारीको यो भनाई तीनकुनेका जग्गाधनी निरञ्जन पराजुलीको दिमागमा अझै ताजा छ।
‘चुनावका बेला मदन भण्डारीले तीनकुनेका जग्गा पीडितलाई न्याय दिने आश्वासन दिएर कोटेश्वरवासीको मन जिते, चुनाव पनि जिते’, पराजुली भन्छन्,‘अहिले पनि प्रवृत्ति बदलिएको छैन, भोट माग्न आएका बेला मात्र तीनकुनेको विषय उठ्छ, त्यसपछि हराउँछ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया