नेपालमा क्रिश्चियन साम्राज्यवादको ताण्डव

तस्बिरः शिलापत्र

सामान्यतया हिन्दु, मुसलमान, शिखहरू आफ्नो धर्म मान्नमै सीमित छन् । उनीहरू चुपचाप आफ्नो धर्म मान्दै आएका छन् । धर्म निरपेक्षताको अर्थ पनि त्यही हो । तर, क्रिश्चियनहरू विश्वव्यापी रूपमा धर्म मान्न मात्रै होइन, व्यापक रूपमा फैलाउनमा समेत ठूलो मात्रामा शक्ति, पैसा र हतियार प्रयोग गरिरहेका छन् ।

नेपालमा सुकुम्बासी, गरिब, दलित, जनजाति बस्तीहरूमा क्रिश्चियन साम्राज्यवादले ठूलो संख्यामा चिलहरू पठाएको छ र तिनीहरूले ती बस्तीमा निरन्तर धर्मको शिकार गरिरहेका छन् । क्रिश्चियन साम्राज्यवादकै कारण नेपालमा धार्मिक सहिष्णुता खल्बलिँदै गएको छ ।

धर्म परिवर्तनले हजारौं वर्षदेखि चलिआएका सामाजिक मूल्यमान्यता, संस्कार र सांस्कृतिक धरातलका साथै नेपाली जनताको जीवनशैली र रहनसहनसँग मेल खाँदैन । जबर्जस्ती धर्म परिवर्तनले नेपालको परम्परागत धर्मसंस्कृति, रहनसन, रीतिरिवाजमाथि बलात्कार गरिरहेको छ ।

नेपालमा जुनजुन धर्म मान्ने मान्छेहरू छन्, तिनीहरूलाई स्वतन्त्रतापूर्वक आफ्नो धर्म मान्न, धार्मिक सामाजिक कार्यमा संलग्न हुन पूर्ण अधिकार दिइनुपर्दछ । तर, धर्म परिवर्तनलाई कडाइपूर्वक रोक लगाइनुपर्दछ ।

प्रकाशित मिति: : 2019-09-11 17:59:08

प्रतिकृया दिनुहोस्