‘डिलर’ भारतमा, कारोबार नेपालमा

गत जेठमा बाँकेको नरैनापुर गाउँपालिकामा एकजना भारतीयलाई चरेससहित नेपाल प्रहरीले पक्राउ गर्‍यो।

करिब ३ किलो ७ सय १४ ग्राम चरेस बोकेर उनी नेपाल छिरेका थिए। शुक्रबार गाउँमा लाग्ने हाट बजारबाट प्रहरीले उनलाई पक्राउ गरेपछि भारतीय पक्षले चौकी नै घेरा हाले। त्यो भिड नियन्त्रणका लागि प्रहरीले केही राउन्ड फायर नै गर्नुपर्‍यो।

यो भारतीय सिमानाको नेपाली गाउँ हो। यहाँ हरेक साताजसो हाटबजार लाग्छ र, त्यहाँ किनमेल गर्ने धेरैजसो नेपाली हुन्छन्। तर, हाटबजारका व्यापारी भने सबैजसो भारतीय।

पहिलेदेखि नै हाटबजारमा हुने लागुऔषध कारोबारको बारेमा जानकारी पाएको प्रहरीले त्यो दिन विशेष टोली खटाएको थियो।
भारतीयले नेपाली भूमिमा भित्र्याएको यो एउटा केही ठूलो परिमाणको लागुऔषध थियो।

प्रकाशित मिति: : 2019-09-11 13:02:53

प्रतिकृया दिनुहोस्