जनता चाहिँ डेङ्गुले थरर, मन्त्री भने जहाजमा सरर

काठमाडौँ । यतिखेर मुलुकमा डेङ्गु महामारी रूपमा फैलिएर देशको भन्दा बढी जिल्लालाई आफ्नो चपेटमा लिइसकेको छ, यसै रोगका कारण ६ जना मानिसको मृत्यु भइसकेको कुरा पनि प्रकाशमा आइसकेको छ । यो स्थितिमा सरकारले स्थितिको गम्भीरताबोध गरेर युद्धस्तरमा यसका विरुद्ध लड्ने काम गर्नुपथ्र्यो, आपतकालीन स्तरमै यस रोगकाविरुद्ध विशेष अभियानको थालनी गरिनुपथ्र्यो, सङ्क्रमणको महामारीलाई फैलिन नदिन र न्यून गर्न रोगीहरुलाई ‘क्वारेन्टाइन’ मा राखेर उपचार गर्नेतर्फ सोचिनु पथ्र्यो । तर विडम्बनाको कुरा, त्यसो हुन सकेको छैन । कतिखेर, कुनबेला डेङ्गुको शिकार बनिने हो भन्ने भयले जनता थरर बनेका छन् । तर स्थितिको गम्भीरता बोधलाई तालुकदार स्वास्थ्य मन्त्रालयले आत्मसात गर्न सकेको देखिँदैन । हुनुपर्ने चाहिँ यसका विरुद्ध तालुकदार मन्त्रालयका मूली अर्थात् स्वास्थ्यमन्त्री स्वयं आफैले कमान्ड सम्हालेर रोगका विरुद्ध अभियानको नेतृत्व गर्ने कामको थालनी गर्नुपथ्र्यो, जसले गर्दा आम जनतामा आशा जाग्न सक्थ्यो । तर त्यसका विपरीत तालुकदार स्वास्थ्यमन्त्री आफ्नो मन्त्रालयको राज्यमन्त्री, सल्लाहकार र सचिवहरुको जिम्मामा छाडेर विदेश भ्रमणको रसास्वादन गर्नतिर लागेका छन् ।

प्रकाशित मिति: : 2019-09-11 12:59:32

प्रतिकृया दिनुहोस्