अस्पतालमा बिरामी, क्लिनिकमा डाक्टर

लुम्बिनी प्रादेशिक अस्पतालको स्त्री तथा यौन रोगको ओपीडी अगाडि ठेलमठेल भीड

बुटवल : सोमबार बिहान ११ बजे। लुम्बिनी प्रादेशिक अस्पतालको स्त्री तथा यौन रोगको ओपीडी अगाडि ठेलमठेल भीड छ। गर्भवती र अन्य महिला तथा पुरुषहरू चिकित्सकको पर्खाइमा छन्। त्यही भीडमा उभिएकी छन्, बुटवल जानकीनगरकी गीता बोहोरा। उनी अस्पताल आएको दोस्रो दिन हो। आइतबार गर्भ परीक्षणका लागि आएकी उनको एक्सरे रिपोर्ट डाक्टरले हेर्न भ्याएनन्। अनि सोमबार बिहान १० बजे नै अस्पताल पुगेकी हुन्।

 यो पनि हेर्नुहोस्

 बिपीकाे १०५ ओै जन्मजयन्ती 

अघिल्लो दिन बिहान साढे ६ बजे अस्पतालमा आएर टिकट काट्ने लाइनमा उभिनु परेको थियो। जेठाजु टेकबहादुर बोहोराले टिकटको लाइनमा बस्न बिहानै छोरीलाई पठाए। ११ बजेपछि डाक्टर आउँछन् कि भन्दै कुरेका उनीहरूले आइतबार दिनभरिमा पनि एउटा एक्सरे गरेर देखाउन पाएनन्। ‘लाइनमा बसेर रिपोर्ट देखाउँदा देखाउँदै भोलि भनेर डाक्टर निस्किए, आज (सोमबार) पनि १० बजेबाटै कुरेका छौं कोही आएका छैनन्’, उनले भने। साढे ११ बजे ढोकामा रहेको नेमप्लेटमा डा. शीला क्षेत्री र डा. हसिना बनु भित्र लेखिएको थियो। तर उपचार सुरु भएकै थिएन। प्रसूतिका केही डाक्टर निजी क्लिनिकमै व्यस्त थिए।

प्रकाशित मिति: : 2019-09-10 07:12:50

प्रतिकृया दिनुहोस्