पर्यटनमन्त्री भट्टराईका चार विवाद : पशुपतिको आरतिमा राष्ट्रिय गानदेखि एयरलाइन्सको टिकट छुटसम्म

काठमाडौं, भदौ २३ : नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएको आज ४० दिन पूरा हुँदै छ। उनले आफ्नो कार्यकालको एक वर्षमा काम गर्ने सयौ योजनाहरूको ठेलीनै सार्वजनिक गरिसकेका छन्। तर मन्त्री नियुक्त भएकै दिनदेखि एउटा न एउटा विवादित अभिव्यक्तिमा पर्दै आएका छन्।

पछिल्ला अभिव्यक्तिको श्रृंखला हेर्ने हो भने युवा जोश र जागर बोेकेका नेकपाका भविष्य भनेर सबैले आशा गरेका व्यक्ति कतै बरालिन खोजेको भान हुन थालेको छ। उनले सुधारका लागि थालेका कामहरु केही अभिव्यक्तिका कारण छायाँमा पर्ने सम्भावना नकार्न सकिँदैन। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ मा हेलिकप्टर दुर्घटनामा निधन भएसँगै पाँच महिनापछि भट्टराईलाई पर्यटनमन्त्रीमा नियुक्त गरिएको थियो।

प्रकाशित मिति: : 2019-09-09 18:27:17

प्रतिकृया दिनुहोस्