विश्वका अर्बपतिहरु कुन गाडी चढ्छन्?

तस्बिरः एजेन्सी

जेफ बेजोस एमजोनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । उनी विश्वकै धनी व्यक्ति पनि हुन्। अमेरिकाको प्रविधि कम्पनी एमजोनमा उनको १२ प्रतिशत स्वामित्व छ। कम्पनीको बजार मुल्य एक खर्ब १४ अर्ब अमेरिकी डलरभन्दा धेरै छ।

अकुत सम्पत्ति भए पनि सन् १९९९ मा बेजोसले १९९६ होन्डा एकर्ड चलाउँथे। सन् १९९९ मा अमेरिकी टेलिभिजन कार्यक्रम “सिक्स्टी मिनेट्स” मा त्यहि गाडी चलाउनुको कारणबारे सोध्दा बेजोसले भनेका थिए “यो एकदमै राम्रो कार हो।” सन् १९९६ मा कारको मुल्य करिब १८ हजार अमेरिकी डलर थियो।

फेसबुक र असानाका सहसंस्थापक डस्टिन मोस्कोभिजको सम्पत्ति १३।४ अर्ब अमेरिकी डलर भएको फोर्ब्सले जनाएको छ।

फेसबुकमा उनको तीन प्रतिशत स्वामित्व छ। तर उनी पैसा धेरै खर्च गर्दैनन्।

सन् २०११ मा मोस्कोभिजले फोक्सवागन आर ३२ चलाउने गरेको द सियाटल टाइम्सले छापेको थियो। सन् २००८ मा सो कारको अधिकतम खुद्रा मुल्य ३२ हजार अमेरिकी डलर थियो।

ज्याक मा अलिबाबा ग्रुपका सहसंस्थापक हुन्। ३७.३ अर्ब अमेरिकी डलर सम्पत्ति भएका मा चीनकै दोश्रो धनी व्यक्ति हुन्। सन्

२०१८ को अक्टोबरमा उनलाई रोवि आरएक्स ५ एसयुभीमा देखिएको थियो। त्यसमा अलिबाबाकै “युनओएस अपरेटिङ सिस्टम” को “इन्फोटेन्मेन्ट” प्रणाली छ।

अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत तथा गुगलका सहसंस्थापक ल्यारी पेज विश्वको आठौं धनी व्यक्ति हुन्। सन् २०१८ को अक्टोबरमा उनको कुल सम्पत्ति ५३.५ अर्ब अमेरिकी डलर छ।

रोयटर्सका अनुसार ल्यारी टोयोटाको प्रियस चलाउँछन्। सन् २०१९ मा उक्त कारको मुल्य २३ हजार सात सय ७० अमेरिकी डलर छ।

अमेरिकी लगानीकर्ता वार्रेन बफेट पनि धेरै खर्च गर्दैनन्। उनलाई “ओरेकल अफ ओमाहा” पनि भनिन्छ। बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत तथा अर्बपति बफेटले ८४.२ अर्ब अमेरिकी डलर सम्पत्तिको ९९ प्रतिशत अनुदान दिने प्रतिबद्धता जनाएका छन्।

बफेट २०१४ को क्याडिल्याक एक्सटिएस चलाउँछन्। सोहि मोडेलको नयाँ कारको मुल्य २३ हजार पाँच सय अमेरिकी डलर छ।

योभन्दा अगाडि उनले सन् २००६ को क्याडिल्याक डिटिएस चलाउँथे। टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत तथा अर्बपति इलोन मस्क आफ्नो कम्पनीको कार चलाउँछन्।

माइक्रोसफ्टका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा लस एञ्जलिस क्लिप्पर्सका मालिक स्टिभ बाल्मरको कुल सम्पत्ति ५०.९ अर्ब अमेरिकी डलर छ। 

फोर्डका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत एलन मुलाल्लीले सन् २००९ मा व्यक्तिगत रूपमै बाल्मरको फोर्ड फ्युजन हाइब्रिड कार पुर्‍याएका थिए।

प्रकाशित मिति: : 2019-09-09 07:44:20

प्रतिकृया दिनुहोस्