भयावह बन्दै डेंगु, ५ को मृत्यु, ७० हजारलाई संक्रमण

राजधानी काठमाडौंसहित देशभर महामारीका रूपमा फैलिएको डेंगुले पाँच जनाको मृत्यु भइसकेकाे छ। यस राेगबाट अहिलेसम्म ७० हजार व्यक्ति बिरामी भएको अनुमान चिकित्सकले गरेका छन्।

डेंगुका कारण पछिल्लोपटक शनिबार राति रूपन्देहीमा एक महिलाको मृत्यु भएपछि यस रोगबाट मृत्यु हुनेको संख्या ५ पुगेको हो। यअघि डेंगुबाट ४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

डेंगुबाट संक्रमित कपिलवस्तुको वाणगंगा-७ मोतिपुरकी ६१ वर्षीया सावित्रा आचार्यको उपचारका क्रममा शनिबार राति लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मत्यु भएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै वैशाखयता करिब ७ हजार छन्।

एसिड पीडित मुस्कानको अस्पतालबाट सरकारलाई आग्रह–दोषीलाई घण्टाघरमा झुण्ड्याएर मारियोस् (भिडियाे सहित)

निजी अस्पतालमा गएका तथा अस्पताल नै आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार जना डेंगु संक्रमित रहेको अनुमान चिकित्सकको छ।

सरकारी तथ्यांकअनुसार हालसम्म ४८ जिल्लामा डेंगु देखिएको छ ।

कसरी सर्छ डेंगु?
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो एक प्रकारको ज्वरो हो। यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी हुन्छ। ससाना पानीको पोखरीमा यसले फुल पार्छ। खास गरी वर्षाको पानी जम्ने टिनका डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यो लामखुट्टेले फुल पार्छ।

जब ईन्दिरा गान्धीलाई बिपीले भने, ‘तिम्रो सोमत रहेनछ’

प्रकाशित मिति: : 2019-09-08 11:10:13

प्रतिकृया दिनुहोस्