एनआरएनए दक्षिण कोरियामा चुनावी रस्साकस्सी (भिडियोसहित)

बिएल

एनआरएनए दक्षिण कोरियाको चुनाव आउन अब केही घण्टा मात्र बाँकी रहँदा सबैले आफ्नो चुनावी प्रतिबद्धतालाई मतदातासम्म पुर्‍याउन रस्साकस्सी गरिरहेका छन्।

बिगतभन्दा केही फरक र आसालाग्दा उम्मेदवारहरु प्रत्यासी देखिएको यसपालिको चुनावमा साझा एजेण्डाभन्दा बढी हरेक उम्मेदवारका आ-आफ्नै व्यक्तिगत र महत्वाकांक्षी योजना हाबी देखिएको छ।

एनआरएनएले खेल्नुपर्ने प्रभावकारी भूमिकालाई सबैको साझा एजेण्डा बनाउनुपर्नेमा यस संस्थाले गर्नै नमिल्ने कामलाई पनि एजेण्डामा राख्ने काम भएको गुनासो बढिरहेको छ ।

खासगरी चालिस हजार भन्दा बढी नेपाली श्रमिक रहेको कोरियामा यस संस्थाले नेतृत्व तहमा भने अहिलेसम्म श्रमिकको पहुँच नभएको र यो नितान्त ब्यापारीको संस्था भएको आलोचना खेपिरहेको छ।

केही दिन अगाडि सार्वजनिक गरिएको लाखौको  उम्मेद्वार दर्ता शूल्कले पनि यस कुरालाई बल पुर्‍याएको छ। तर,विगतमा झै पटक पटक बाचा गर्दै नेतृत्वमा पुग्ने र संथालाई नै धरासायी बनाउने प्रवृतिको अन्त्य गर्न नयाँ नेतृत्व छान्नुपर्छ भन्ने आवाज बढ्दै गएको पाइन्छ।

एनआरएनएबाट टाढा रहेर पनि लामो समयदेखि नेपाली समुदायमा केही ठोस योगदान पुर्‍याएका परिचित अनुहारदेखि सामाजिक सन्जाल र समाजिक अभियानमा सकृय युवाको उम्मेद्वारीले बिगतदेखि नै यस संस्थामा कुनै न कुनै रूपमा नजिकबाट संलग्न हुँदै आएका उम्मेद्वारहरुलाई पुन: नेतृत्वमा आउन राम्रै मेहनत गर्नु पर्ने देखिन्छ।

करिब साठी हजार नेपाली रहेको दक्षिण कोरियामा जम्मा २८०० को हाराहारीमा मात्र सदस्य रहेको संस्थाको प्रभावकारिता नदेखिएको हो या अहिले सम्मका अभियन्ताहरुले बुझाउन नसकेका हुन बहसको विषय हुन सक्छ।

विगतमा एनआरएनएमा देखिएको खिचातानी र आर्थिक अनियमिताको प्रसंगलाई जोडेर हेर्दा श्रमिक हकहितका लागि लड्दै आएको संस्था प्रवासी मजदुर युनियन (एमटियु) नेपाली श्रमिकका लागि पहिलो रोजाइ हुनुपर्ने तर्क बलियो छ।

एमटियुका सकृय अभियन्ता मधुसुधन ओझा भन्छन् ‘एनआरएनए चाहिँदै चाहिँदैन भन्ने त होईन चाहिन्छ तर मजदुरमैत्री कानुन लागू गराउन दबाब दिन  आधिकारिक संस्था भनेको एमटियु मात्र हो। एनआरएनएले केबल सहयोगी भूमिका खेल्न सक्छ।

ओझा भन्छन्,‘दुई वटा फरक उद्देश्यका लागि अगाडि आएका संस्था हुनाले चुनाबी अभियानमा यदि कसैले डब्लु पि एस लागू गराउन दबाब दिन्छु भोट दिनुहोस् भन्छ भने त्यो युक्तिसँगत होईन।

त्यसो त एनआरएनए मजदुरमैत्री नभएर ब्यवसायिक भएको र चुनावमा ठूलो आर्थिक चलखेल हुने गरेको आरोप खेपिरहेको यस संस्थालाई हालै मात्र सार्बजनिक गरिएको उम्मेद्वार दर्ता शुल्कले थप पुष्टी गरेको र यो प्रवृत्तिको अन्त्य गर्न पुरानो नेतृत्वको हातबाट खोस्नुपर्ने  तर्क गर्छन् अहिलेका अध्यक्ष पदका प्रमुख प्रत्यासी  यज्ञराज सुबेदी।

करिब तीन दशकदेखि कोरियामा रहेर नेपाली समुदायमा सहयोगी भूमिका खेलेका सुबेदी समाजसेवी तथा सामाजिक अभियानता नेपालीबिच प्रिय मानिन्छन्।

कोरियाको राजनीतिक परिबेससँग राम्रै परिचित उनी प्रबासी नेपाली र कोरियन सरकारबिच बलियो पुलको काम गर्न सक्ने क्षमता राख्छन्।

अन्य प्रत्यासीभन्दा केही फरक, ब्यवहारिक तथा तत्कालिन र दिर्घाकालीन योजनासहित मैदानमा देखिएका उनको परीक्षा भने बाँकी नै छ ।

त्यसो त आफूले लामो समयदेखि नेपाली भाषा, धर्म, राष्ट्रियतालाई केन्द्रमा राखेर नैतिकता र इमान्दारिताका साथ काम गर्दै आइरहेको, अहिलेसम्म बरिष्ठ उपाध्यक्ष जस्तो पदमा बसेर जिम्बेवारी सम्हालीसकेकाले यसपटक आफूलाई अध्यक्षको पदमा जिताउन अह्वान गरिरहेका छन बिपिन कुमार गुरुङ।

पदको लोभले उम्मेद्वारी नदिएको बरु अझै जिम्बेवार बनेर अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्दै नेपालको विकासका लागि जिम्मेवार भूमिका खेल्न चाहेको बताउने उनी रेस्टुरेन्ट ब्यवसायी हुन्।

त्यस्तै कुनै दल बिशेष, जाति, धर्म, लिंग वा सम्प्रदाय बिशेष नभएर साझा नेपाली संस्थाको रूपमा एनआरएमएलाई विश्वसनीय बनाउने र नेपालीलाई एकताबद्ध गराउन आफू सक्षम हुने तर्कसहित मैदानमा देखिएका छन बुद्धी गुरूङ।

बिगतमा एनआरएनएले गरेको गलत कार्यलाई आफूले नजिकबाट नियालेको, बिगतको नेतृत्वले सही योजना बनाउन नसकेको, तर सबै खराब कार्यलाई अन्त्य गर्न सक्ने अनुभव आफूले हासिल गरेको, मुख्यत आफूलाई आर्थिक प्रलोभन नभएकाले आर्थिक अनियमितता अन्त्य गर्न आफू सक्षम हुने र नितान्त सहयोगको भावनाले काम गर्न सक्ने प्रतिबद्दता रहेकोले आफूलाई भोट हाल्न अनुरोध गर्दैछन् गुरूङ।

ठूला र महत्वाकांक्षी योजान बाढ्नुभन्दा स-साना तथा ब्यबहारिक समस्या समाधान उनको पहिलो प्रथमिकतामा छ ।

योजना आ-आफ्नै, प्यानल आ-आफ्नै। कत्तिको सक्षम र उपयुक्त उम्मेद्वार छान्ने यो जिम्मा  मतदातालाई नै।

प्यानल र राजनीतिक आस्थाका उम्मेद्वारहरुलाई  जिताउँदा जिताउँदै स्वदेश तथा बिदेशमासमेत हरिकंगाल भएका नेपालीहरुले अब इमान्दार्, सक्षम र प्रभावकारी भूमिका खेल्नसक्ने उम्मेद्वारलाई निर्वाचित गराउनेछन् भन्ने आश गरौं।

राजनीति, धर्म, जातजाति तथा सम्प्रदायभन्दा माथि उठेर कोरियामा रहेका बिभिन्न नेपाली संघ संस्थाबिच समान्वय एवं सहकार्य र एकअर्काको पुरक भूमिका निर्वाह गर्नसक्ने  नेतृत्व चयन होस्। सबैलाई शुभकामना!

प्रकाशित मिति: : 2019-09-20 16:07:09

प्रतिकृया दिनुहोस्