व्यवस्था राजा महेन्द्रको, नीति तथा कार्यक्रम सान्दाइको

तस्बिरः नेपाल न्यूज

हामीकहाँ आर्थिक सामाजिक विकासको प्रसंग चल्दा तत्कालीन राजा महेन्द्रको जस्तो भिजन भन्ने गरिन्छ। विकास भएकै पञ्चायतकालमा भन्ने पाराकोे छलफल हुनेगर्छ।

भनिन्छ, राजा महेन्द्रको सोच कति दूरगामी रहेछ, जसले महेन्द्र राजमार्गजस्तो पूर्व-पश्चिम नेपाललाई जोड्ने संरचना निर्माण गरे। भूमिसुधार लागू गरे।

औद्योगिक विकासको गति त्यो बेलाजस्तो न अघि भयो न पछि। अहिले त खासै के पो नयाँ भएको छ र भनेको पनि सुनिन्छ।

चाहे त्यो यातायातको विषय होस् या विकास क्षेत्रको अवधारणा या पूर्वाधार विकास, राजा महेन्द्र र उनी प्रतिपादित पञ्चायती व्यवस्थालाई जस दिने गरिन्छ।

के त्यस्तै हो त? के साँच्चै राजा महेन्द्रमा विकासबारेका उपरोक्त दृष्टिकोण मौलिक थिए?

यस लेखकले अध्ययनको क्रममा अलिक फरक लाग्ने किसिमका तथ्य फेला पारेको अवस्थामा एक दिन पञ्चायती व्यवस्थाको प्रारम्भिक दिनमा बडो शक्तिशाली मानिने विश्वबन्धु थापालाई यसै प्रसंगमा केही जिज्ञासा राखेको थियो।

उनीसँग मेरो प्रश्न थियो कि तत्कालीन बिपी नेतृत्वको सरकारका नीति तथा कार्यक्रम अनि नेपाली कांग्रेसका दस्तावेजमा उल्लिखित विकास नीतिले नै पञ्चायतकालमा पनि निरन्तरता पाएकोजस्तो देखिन्छ। फेरि आम बुझाइ रहेको छ कि राजा महेन्द्रको विकासबारेको चिन्तन विशेष थियो। राजाले प्रजातान्त्रिक व्यवस्थाको खिलाफमा काम गरेका थिए भनिन्छ। खास कुरा के हो ?

मेरो प्रश्नमा थापा धेरैबेर अल्मलिएनन्।

उनले भनिहाले, ‘त्यसमा कुनै सन्देह छैन। व्यवस्था राजाको थियो नीति तथा कार्यक्रम सान्दाइ (बिपी कोइराला)को।’

उनले थपे, ‘राजाले मेरो र डा. (तुलसी गिरी) को सहयोगमा व्यवस्था लिएका थिए। उनले भनेकै थिए मैले राजनीतिक परिवर्तन मात्र चाहेको हुँ। अरू के के गर्नुपर्छ मलाई थाहा छैन। तिमीहरूले जे गर्छौ त्यही हो।’ (विश्बन्धु थापासँग २०७५ साल माघ २० गते उनकै निवास काठमाडौं, गैरिधारामा गरिएको कुराकानी ।)


के त्यस्तै हो त? के साँच्चै राजा महेन्द्रमा विकासबारेका उपरोक्त दृष्टिकोण मौलिक थिए?


विश्वबन्धु थापा प्रतिबन्धित हुनुपूर्व नेपाली कांग्रेसभित्र बडो प्रभावशाली नेताका रूपमा परिचित थिए। यसकारण कि उनी बिपी कोइरालाका देब्रे हात मानिन्थे। दाहिने हातको रूपमा डा. तुलसी गिरीलाई लिइन्थ्यो।

दुवै राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्थामाथि ‘कु’ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गर्ने समयका विशेष पात्र थिए। एकातर्फ, राजा महेन्द्रले उनीहरूकै सहयोगमा पञ्चायती व्यवस्था प्रयोग गर्ने आँट गरेका थिए। अर्कोतर्फ, भने दुवैजना नेपाली कांग्रेसभित्र किपीका विशेष सहयोगी र पार्टीको उपल्लो तहका नेता थिए।

यसकारण पनि विश्वबन्धु थापासँग उक्त जिज्ञासा राख्नु मनासिव हुन्थ्यो।

थापाले त भने कि व्यवस्था राजाको नीति तथा कार्यक्रम सान्दाइको। तर यसको पुष्टि कसरी हुनसक्थ्यो त?

प्रकाशित मिति: : 2019-09-08 07:23:14

प्रतिकृया दिनुहोस्